कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सभामुख सापकोटाले पाकिस्तानी राजदूतसँग भने– कोरोना संकटमा सबै मिलेर लड्नुको विकल्प छैन

पकिस्तानी राजदूत जावेदले भने– कोरोनाको अन्त्यपछि सम्बन्ध विस्तृत र व्यापक हुनेछ

काठमाडौँ — सभामुख अग्नि सापकोटाले कोभिड–१९ ले निम्ताएको संकटमा सबै मिलेर लड्नुको विकल्प नरहेको बताएका छन् । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदसँग मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेटवार्ता गर्दै सभामुख सापकोटाले उक्त कुरा बताएका हुन् ।

सभामुख सापकोटाले पाकिस्तानी राजदूतसँग भने– कोरोना संकटमा सबै मिलेर लड्नुको विकल्प छैन

उक्त भेटमा दुई देशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको सापकोटाको निजी सचिवालयद्वारा जारी विज्ञप्प्तिमा भनिएको छ ।

भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० वर्ष लामो मैत्रिपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेको चर्चाको विज्ञप्तिमा उल्लेख छ । सापकोटाले पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा गरेका थिए ।

सभामुख सापकोटाले कोरोनाको अन्त्यपछि दुई देशका संसदबीचको सहकार्य र थाती रहेका अन्य विषयहरु अघि बढ्ने विश्वास व्यक्त गरे । आफ्नो चार वर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत जावेदले नेपाल बसाइका क्रममा संघीय संसदबाट भएको सहयोग्रति आभार प्रकट गरेका थिए । उनले कोरोनाका कारण सात महिनायता दुई देशका संसदबीचको नियमित काम समेत हुन नसकेको चर्चा गर्दै कोरोनाको अन्त्यपछि सम्बन्ध विस्तृत र व्यापक हुने विश्वास व्यक्त गरे ।

प्रकाशित : भाद्र ३०, २०७७ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?