कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पत्रकार बानियाँको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ — दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई अमेरिकाबासी नेपालीहरुले संकलन गरेको साढे तीन लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।

न्युयोर्कमा बस्ने राधाकृष्ण देउजाले कान्तिपुरकर्मी बानियाँको मृत्युलगत्तै 'गो फन्ड' मार्फत एक सातामा ३ लाख ५७ हजार एक सय ६७ रुपैयाँ सहयोग संकलन गरेका थिए । सो रकम मंगलबार बानियाँको परिवारलाई हस्तान्तरण गरिएको हो ।

बानियाँको पेशागत इमानदारीको सम्मानस्वरुप सहयोग संकलन भएको देउजाले बताए । उनले बानियाँका छोराछोरीको शैक्षिक यात्रामा आर्थिक अवरोध आएको खण्डमा आफू थप सहयोग जुटाउन तयार भएको पनि बताए ।

प्रकाशित : भाद्र २३, २०७७ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?