कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालगन्जमा उपचाररत अर्घाखाँचीका संक्रमितको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षा अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । अर्घाखाँचीका ४२ वर्षीय पुरुषको मंगलबार बिहान साढे ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए  ।

नेपालगन्जमा उपचाररत अर्घाखाँचीका संक्रमितको मृत्यु

अर्घाखाँचीको शीतगंगा नगरपालिकाका उनलाई भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका अनुसार निमोनियाको गम्भीर लक्षण देखिएपछि भदौ ११ गते मेडिकल कलेज भर्ना गरिएका उनको अवस्था बिग्रँदै गएपछि मृत्यु भएको हो ।

टिपर दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बुटवलस्थित अस्पताल लगिएको थियो । त्यहाँ परीक्षण गर्दा कोरोना पुष्टि भएपछि नेपालगन्ज पठाइएको थियो । बाँकेमा अहिलेसम्म कोरोनाले आठ जनाको ज्यान गइसकेको छ । तिनमा तीन जना बाहिरी जिल्लाबाट उपचारका लागि आएकाहरू छन् ।

प्रकाशित : भाद्र २३, २०७७ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?