कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्फ्युको समीक्षा गर्न ललितपुरमा सुरक्षा समितिको बैठक

मातृका दाहाल

काठमाडौँ — ललितपुरका सहरी क्षेत्रमा लगाइएको कर्फ्यु हटाउने वा निरन्तरता दिने भन्ने विषयमा ललितपुरको सुरक्षा समितिको बैठक बसिरहेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा हिजो भएको झडप र कर्फ्युपछिको अवस्थाबारे समीक्षा भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायाणप्रसाद भट्टले बताए । 

कर्फ्युको समीक्षा गर्न ललितपुरमा सुरक्षा समितिको बैठक

रातो मत्येन्द्रनाथको रथ तान्ने समूह र प्रहरीबीच बिहीबार पुल्चोकमा झडप भएपछि प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्युले स्थितिलाई नियन्त्रणमा लिएको बुझाई प्रशासनको छ ।

शुक्रबार कर्फ्युकै बीच मत्स्येन्द्रनाथको क्षमा पूजा पनि गरिएको छ ।

प्रकाशित : भाद्र १९, २०७७ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?