कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाले आमा बितेको चार दिनपछि संक्रमित छोराको पनि मृत्यु

लीला श्रेष्ठ

भक्तपुर — पाटन अस्पतालमा उपचाररत मध्यपुर थिमि नगरपालिका–७, नगदेशका कोरोना संक्रमित ४० वर्षीय व्यक्तिको मृत्यु भएको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार भदौ २ देखि पाटन अस्पतालमा उपचाररत उनको मंगलबार राति मृत्यु भएको हो ।

कोरोनाले आमा बितेको चार दिनपछि संक्रमित छोराको पनि मृत्यु

भदौ १३ गते उनकी ६२ वर्षीया आमाको पनि कोरोना संक्रमणकै कारण पाटन अस्पतालमा मृत्यु भएको थियो । ‘आमालाई दमको समस्या थियो, छोरामा भने अन्य कुनै रोग पत्ता लागेको थिएन,’ श्रेष्ठले भने । ती व्यक्तिकी गर्भवती श्रीमतीसहित परिवारका ६ जनामा पनि कोरोना संक्रमण देखिएको र उनीहरू सबै होम आइसोलेसनमा रहेको श्रेष्ठले जानकारी दिए ।

यससँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । तीमध्ये पाँच पुरुष र चार महिला छन् ।

प्रकाशित : भाद्र १७, २०७७ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?