जिल्लाको चार वटै स्थानीय तहले आफ्नो नगरक्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालय बालबालिकाको भौतिक उपस्थिती मै कक्षा सञ्चालन गर्ने भएको छ ।
सरकारले पार्टी प्यालेस खोल्ने अनुमति नदिए पनि लुकिछिपी खुल्न थालेका छन् । कोभिड–१९ संक्रमण रोकथामका लागि भन्दै गत चैतमा सरकारले घोषणा गरेको लकडाउनसँगै बन्द भएका पार्टी प्यालेस विवाहको लगनसँगै लुकिछिपी खुल्न थालेका छन् ।
दसैंअघि योजनाको पेश्की भुक्तानीको सम्बन्धबाट सुरु भएको मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालबीच भएको विवादले काम कारबाही प्रभावित भएको छ ।
चाँगुनारायण नगरपालिका–८ कलमसीकी शोभा नेपालले करिब ४ रोपनी क्षेत्रफलमा बेमौसमी आलुखेती गरेकी छन् । १० वर्षअघिसम्म धान, कोदो खेती गर्दै आएकी शोभाको परिवारको मुख्य आम्दानीको स्रोत आलुखेती बन्दै आएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले यस वर्षको भाइटीका कयौं दिदीबहिनी/दाजुभाइका लागि सहज भएन । कोरोना संक्रमित दाजुभाइलाई सयपत्री, मखमली फूल र सप्तरङ्गी टीकाले सजाउने सपना धेरैका लागि अधुरो भयो ।
नगरकोटको मुख्य सडक विस्तारका नाममा ठेकेदार कम्पनीले अलपत्र छोडेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । सडक विस्तारको ठेक्का लिएको शैलुङ कन्स्ट्रक्सन प्रालि र आरामाली–इन्फ्रा पावर लिमिटेड (एआईपीएल) जेभीको लापरबाहीका कारण सडक थप जीर्ण बनेको भन्दै उनीहरूले विरोध गरेका हुन् ।
जिल्लामा एक किशोरीमाथि बसभित्रै सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बा ३ ख २६१२ नम्बरको बस चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० का २२ का निरकुमार खड्का र सहचालक जुगल गाउँपालिका–४ पाङताङका २१ का सूर्य श्रेष्ठ छन् ।
उपत्यकाका स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङमा परेकाको पीसीआर परीक्षणका लागि घुम्ती स्वाब संकलन बुथ सञ्चालन गरेपछि संक्रमित पत्ता लगाउन सहज भएको छ । कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिन नदिन नगरपालिकाले जोखिमयुक्त वडा र टोलको पहिचान गरी स्वास्थ्यकर्मी खटाएर स्वाब संकलन सुरु गरेको सूर्यविनायक नगरप्रमुख वासुदेव थापाले बताए ।
नयाँ बानेश्वरको पीपलबोटमा फुटपाथ पसल गरिरहेका रेशम कार्की शुक्रबार साँझ ग्राहक कुरिरहेका थिए । ६ महिनापछि पसल खोल्न पाउँदा पनि उनमा उत्साह थिएन । ‘पसल खोल्न त पाइयो तर किन्ने मान्छे नै छैन,’ उनले भने । लकडाउनअघि एक साँझमा कम्तीमा १२ हजार रुपैयाँको चप्पल बेच्थे । अहिले मुस्किलले तीन हजारको बेच्छन् ।
मध्यपुर थिमि नगरपालिका–९, निकोसेराका ३६ वर्षीय सुदीप अधिकारी २ वर्ष अघिसम्म जगातीस्थित ओम्निका ल्याबोरेटरिजमा काम गर्थे । निकोसेरामा आफ्नै घर । उनको ससुराली काठमाडौंको डाँछीमा । जागिरको आम्दानीले उनको घरपरिवार चलेकै थियो । बेला मौकामा ससुराली पनि आउजाउ हुन्थ्यो ।