कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्लाज्मा थेरापीबाट २० जना भन्दा बढी कोरोनामुक्त, हालसम्म ४२ जनाले गरे प्लाज्मा दान

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा प्लाज्मा थेरापीबाट उपचार गरी २० जना भन्दा बढी मानिसहरु कोरोनामुक्त भएको जनाएको छ ।

प्लाज्मा थेरापीबाट २० जना भन्दा बढी कोरोनामुक्त, हालसम्म ४२ जनाले गरे प्लाज्मा दान

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ४२ जनाले प्लाज्मा दान गरिसकेको जनाए ।

ग्रान्डी इन्टरनेसनल अस्पताल ब्लड बैँकमा अहिलेसम्म २० देखि ५९ वर्षका ३७ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना, बुटवल अस्पतालमा २ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना गरी ४२ जनाले प्लाज्मा दान गरेको मन्त्रालयले बताएको हो ।

डा गौतमले कोभिड १९ का संक्रमित व्यक्तिहरुका लागि नियमित रक्तदान गर्न चाहने व्यक्ति तथा संस्थाले सुरक्षित तवरबाट रक्तदान गर्न सम्बन्धित अस्पताल, रेडक्रससँग समन्वय गरी सहयोग गर्न आग्रह गरे ।

प्रकाशित : भाद्र १२, २०७७ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?