कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट धरानमा एकको मृत्यु

प्रदीप मेन्याङबो

सुनसरी — धरानमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका धरान-८ का ६८ वर्षीय पुरुषको आइतबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

कोरोनाबाट धरानमा एकको मृत्यु

सापकोटाका अनुसार ती पुरुषलाई साउन २९ गते कोरोना पोजिटिभ देखिएपछि साउन ३० गते अस्पताल भर्ना गरिएको थियो ।

आईसीयूमा उपचार गराइरहेका ती वृद्धमा उच्च रक्तचाप, मधुमेह र स्वाशप्रश्वास सम्बन्धी समस्या थियो । उनलाई ४ दिन अगाडि प्लाज्मा थेरापी गरेर उपाचार समेत गरिएको प्रवक्ता सापकोटाले बताए ।

धरानमा हालसम्म १०१ जनामा कोरोना संक्रमण देखिएको छ । धरानमा भदौ १४ गतेसम्म निषेधाज्ञा लगाइएको छ । यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

प्रकाशित : भाद्र ७, २०७७ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?