कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माछापोखरीबाट दुई थान पेस्तोल बरामद, दुई जना पक्राउ

काठमाडौँ — काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट 'मेड इन युएस' लेखेको २ थान पेस्तोल, २ थान म्यागजिन र पेस्तोलमा प्रयोग हुने १० राउन्ड गोलीसहित नुवाकोट शिखरबेसी–६ बस्ने २७ वर्षीय विकेश पण्डित पक्राउ परेका छन् । काठमाडौं अपराध महाशाखाबाट प्रहरी उपरीक्षक होविन्द्र बोगटीको कमाण्डमा खटिएको विशेष टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । 

माछापोखरीबाट दुई थान पेस्तोल बरामद, दुई जना पक्राउ

पण्डितसँगकाे प्रारम्भिक सोधपुछका क्रममा पेस्ताेल ओसारपोसार गराउन लगाउने नुवाकोट लिपु गाउँपालिका–१ का २८ वर्षीय अमर तामाङलाई पनि प्रहरीले पक्राउ गरिएको छ । प्रहरी निरीक्षक भोलाकुमार भट्टको कमाण्डमा खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटसँगको समन्वयमा तामाङलाई नुवाकोटस्थित घरबाटै पक्राउ गरी काठमाडौं टेकुस्थित अपराध महाशाखा ल्याएर अनुसन्धान थालेको छ । तामाङ डाँका मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत फागुनमा छुटेका व्यक्ति भएकाे प्रहरीले बताएकाे छ ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महानगरीय प्रहरी प्रवक्ता हाेविन्द बाेगटीले बताए ।

प्रकाशित : भाद्र ४, २०७७ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?