कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिवि शिक्षण अस्पतालका थप ८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

त्रिवि शिक्षण अस्पतालका थप ८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले शुक्रबार आएको रिपोर्टमा बिहान ४ र अहिले दिउँसो ४ जना गरी ८ जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको कान्तिपुरलाई बताए ।उनले भने, ‘संक्रमितमा १ जना चिकित्सक र अरु ७ जना नर्स रहेका छन् ।’

योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २६ पुगेको छ। दासका अनुसार अधिकांशमा कोरोनाका लक्षण रहेका छन् । जसमध्ये ४ जना जति होम आइसोलेसनमा बसेका छन् ।

बुधबार मात्रै आकस्मिक सेवा विभागका २ चिकित्सक र ४ जना नर्समा कोरोना संक्रमण देखिएको थियो ।

आकस्मिक सेवा विभागका सय भन्दा स्वास्थकर्मीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ भने परीक्षणपश्चात मात्र आकस्मिक कक्ष खोल्ने डा दासले जानकारी गराए ।

प्रकाशित : श्रावण ३०, २०७७ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?