कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खानेपानी संस्थान बुटवलका प्रमुख घुससहित धादिङबाट पक्राउ

सन्जु पौडेल

तिलोत्तमा, रुपन्देही — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साहलाई घुससहित पक्राउ गरेको छ ।

खानेपानी संस्थान बुटवलका प्रमुख घुससहित धादिङबाट पक्राउ

आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले इन्जिनियर साहलाई खानेपानी संस्थान बुटवलको लु १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौंतर्फ जाँदै गर्दा रोकेर चेक गर्ने क्रममा आइतबार धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट पक्राउ गरेको हो ।

उनको साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

इन्जिनियर साहले खानेपानी शाखा कार्यालयका विभिन्न व्यक्तिसँग घुस रकम लिएर काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली खटिएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित : श्रावण २६, २०७७ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?