कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुद्ध नेपालमै जन्मेका हुन् भन्ने निर्विवाद छ, ऐतिहासिक र पुरातात्विक प्रमाण छन् : परराष्ट्र

जगदीश्वर पाण्डे

काठमाडौँ — गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने निर्विवाद रहेको र यसका ऐतिहासिक र पुरातात्विक प्रमाणहरु रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ताले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो एउटा स्थापित र निर्विवाद तथ्य हो, ऐतिहासिक र पुरातात्विक प्रमाणहरुका आधारमा गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् । उक्त क्षेत्र बुद्ध र बौद्ध धर्मको स्थल तथा यूनेस्कोको विश्व सम्पदा स्थलहरु मध्ये एक हो ।’

बुद्ध नेपालमै जन्मेका हुन् भन्ने निर्विवाद छ, ऐतिहासिक र पुरातात्विक प्रमाण छन् : परराष्ट्र

भारतीय विदेश मन्त्री एस. जयशंकरले शनिबार दिल्लीमा भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इन्डिया इन्डष्ट्रिद्धारा शनिबार आयोजित इन्डिया एट ७६ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा गौतम बुद्ध भारतीय भएको दाबी गरेका थिए । जयशंकरले आफ्नो सम्बोधनको क्रममा भनेका थिए, ‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुईजनालाई हो । पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी । हामीले मात्र होइन यी दुईलाई यसरी चिन्ने पुरै विश्वले नै महान् भारतीयका रुपमा चिन्छन् ।’

जयशंकरको भनाईमा प्रतिक्रिया दिँदै परराष्ट्रले आफ्ना आधिकारिक प्रवक्ताको नामबाट जारी गरेको विज्ञप्तीमा सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले नेपालको संसद्ला‍ई सम्बोधन गर्ने क्रममा ‘नेपाल संसारमै शान्ति प्रेषित गर्ने बुद्ध जन्मेको देश हो’ भनेको उल्लेख गरिएको छ । ‘यो सत्य हो कि बुद्धले नेपालबाट विश्वमै बुद्धिजम फैलाए । त्यसैले यो कुरालाई कुनै पनि दुविधा वा विवादको रुपमा छलफल गर्न सकिन्न । सम्पूर्ण विश्व नै यस विषयमा जानकार छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : श्रावण २५, २०७७ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?