कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घन्टामा काठमाडौं उपत्यकामा ९२ जनामा संक्रमण 

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौंमा ९० र ललितपुरमा २ जनामा संक्रमण पुष्टि भएको आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । २४ घन्टाको अध्यावधिक विवरणमा शनिबार ६२ जना र शुक्रबार १०६ जनामा संक्रमण पुष्टि भएको थियो ।

२४ घन्टामा काठमाडौं उपत्यकामा ९२ जनामा संक्रमण 

पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले यातायातका साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । त्यस्तै उपत्यका प्रवेश नाकामा समेत कडाई गरिएको छ ।

२४ घन्टामा मुलुकभर ३८० संक्रमित थपिए भने ४० जना डिस्चार्ज भएका छन् ।

प्रकाशित : श्रावण २५, २०७७ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?