कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपचार नपाएर मृत्यु भएको भन्दै वीरगन्जमा प्रदर्शन

भूषण यादव

वीरगन्ज — उपचार नपाउँदा बिरामीको मृत्यु भएको भन्दै वीरगन्जको नारायणी अस्पताल अगाडि प्रदर्शन भएको छ । पछिल्लो तीन दिनयता वीरगन्जमा उपचार नपाएर तीन जनाको मृत्यु भएको छ । आइबार बिहान करिब १० बजेको समयमा निषेधाज्ञा उल्लंघन गर्दै अस्पताल अगाडि स्थानीय विरोध प्रदर्शनमा उत्रेका गरेका हुन् ।

उपचार नपाएर मृत्यु भएको भन्दै वीरगन्जमा प्रदर्शन

चिकित्सक र अस्पतालकाविरुद्धमा नारासमेत लगाएका थिए । अस्पतालको प्रसूति गृह अगाडि स्थापना गरिएको कोभिड बुथमा प्रदर्शनकारीले तोडफोड गरेका थिए । प्रदर्शनकारीले एउटा निजी गाडीको सिसा फुटाइदिएका छन् ।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । प्रदर्शनकारीमध्येका एक छपकैयाका अमितकुमारले बिरामीलाई निजी अस्पतालले भर्ना गरून् र चिकित्सकले पनि लापरबाही नगरुन् भन्नका लागि विरोध प्रदर्शन गरिएको बताए । नारायणी अस्पतालका सबै सेवा सुचारुका लागि उनीहरुले माग गरेका थिए ।

प्रदर्शनकारी अस्पताल पुग्दा प्रहरी उपरीक्षक गंगा पन्त चिकित्सकहरुसँग बैठकमा सहभागी थिइन् । प्रदर्शन र तोडफोड हुने बित्तिकै प्रहरी परिचालन गरिएको थियो ।

प्रकाशित : श्रावण २५, २०७७ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?