कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घन्टामा ४६४ जनामा कोरोना संक्रमण पुष्टि, ४२५ जना डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टामा ४६४ जना नयाँ संक्रमित फेला परेको जानकारी दिएका हुन् । 

२४ घन्टामा ४६४ जनामा कोरोना संक्रमण पुष्टि, ४२५ जना डिस्चार्ज

यसैगरी पछिल्लो २४ घन्टामा मुलुकभरबाट थप ४२५ जना डिस्जार्ज भएका छन् । हालसम्म १५ हजार ८१४ निको भएर घर फर्किएका छन् ।

प्रवक्ता गौतमका अनुसार आइसोलेसनमा ६ हजार ३३० जना उपचाररत छन् ।२४ घन्टामा ७ हजार ९२६ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए ।


स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रकाशित : श्रावण २३, २०७७ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?