कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा चार दिन निषेधाज्ञा थपियो

रुपा गहतराज

नेपालगन्ज — बाँके प्रशासनले गत शनिबार रातिदेखि जारी निषेधाज्ञा थप चार दिनका लागि बढाएको छ ।

बाँकेमा चार दिन निषेधाज्ञा थपियो

मंगलबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले चार दिन निषेधाज्ञा थप बढाएर लैजाने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढदै गएकोले मंगलबार बसेको बैठकमा आइतबारदेखि जारी निषेधाज्ञा आउने शनिबार राति १२ बजेसम्म जारी रहने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि तेस्रोपटक आइतबारदेखि तीन दिनसम्म पुनः निषेधाज्ञा लगाएको थियो ।

तथापि जिल्लाका सम्पूर्ण पसल, व्यवसाय तथा होटल बन्द रहेपनि निजी यातायातका साधन चलिरहेका छन् । ठाउँठाउँमा प्रहरी सेना परिचालित भएपनि जाँच भने गरेको देखिँदैन ।

थपिएको निषेधाज्ञा शनिबार राति १२ बजेसम्म लागू रहने प्रशासनले जनाएको छ ।

जिल्लामा कोरोना भाइरसको संक्रमण व्यापक बन्दै गएको देखिएकाले संक्रमण थप फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन थप चार दिन जिल्लाभर निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए ।

स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द गर्ने निर्णय भएको छ ।

यसअघि बाँकेमा पहिलोपटक वैशाख २२ गतेदेखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

प्रकाशित : श्रावण २०, २०७७ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?