कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अख्तियारमा गरिएको परीक्षणमा देखियो १५ जनामा कोरोना संक्रमण

मकर श्रेष्ठ

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरुमा गरिएको कोरोना परीक्षणमा १५ जनामा पोजिटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो । 

अख्तियारमा गरिएको परीक्षणमा देखियो १५ जनामा कोरोना संक्रमण

१ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो । महाशाखाका महानिर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमण देखिएकामा अख्तियारमा कार्यरत सुरक्षाकर्मीको संख्या धेरै छ । 'हामीले पाएको प्रारम्भिक जानकारी अनुसार १५ जनामा संक्रमण देखिएको छ । त्यसमा सुरक्षाकर्मीको संख्या धेरै छ ।'

अख्तियारबाट प्रहरी प्रधान कार्यालय सरुवा भएका एक सईमा संक्रमण पुष्टि भएपछि अख्तियारमा कोरोना परीक्षण गरिएको हो ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार, स्वाब परिक्षणका लागि दिइएको भएपनि त्यसको नतिजा आएकोबारे औपचारिक जानकारी आएको छैन । ‘केहीलाई देखिएको भनेपछि उहाँहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने र त्यसअनुसार थप अरु काम हुन्छ होला,’ उनले भने, ‘हामीले पनि भर्खरै थाह पाएकाले थप बुझ्ने प्रयास गरिरहेका छौं ।’

महाशाखाले आज प्रधानमन्त्री निवास बालुवाटारभित्र स्वाब संकलन गर्दैछ ।

प्रकाशित : श्रावण २०, २०७७ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?