कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्याग्रहको सत्रौं दिनमा ईः अस्पताल भर्ना

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्याग्रहको सत्रौं दिनमा इनफ इज इनफ अभियानका सत्याग्रही ईः अस्पताल भर्ना भएका छन् । सोमबार उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको हो । अभियन्ता ई: कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि प्रभावकारी कदम चाल्नु पर्ने, पीसीआर परीक्षण बढाउनु पर्ने,
सरकारले आफूहरुसँग गरेको पूर्वसहमति कार्यान्वयन हुनुपर्ने लगायत माग राखी सत्याग्रह बसेका हुन् ।

सत्याग्रहको सत्रौं दिनमा ईः अस्पताल भर्ना

अनसनको १७ दिनसम्म पनि सरकारको तर्फबाट उनको माग सम्वोधन गर्ने काम र वार्ताका चासो नदेखाइएको विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेले बताए ।

यसअघि अनसन बसेका अभियन्ताहरुसँग सरकारले असार २३ गते माग सम्वोधन गर्ने लिखित प्रतिबद्धता जनाएको थियो । तर ती माग पूरा गर्ने प्रयास नभएको भन्दै ईः लगायतका अभियन्ता फेरि अनसन बसेका थिए । यसअघि अनसन बस्दा उपचारका लागि अस्पताल भर्ना भएका ईः र पुकार बमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका थिए ।

प्रकाशित : श्रावण १९, २०७७ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?