कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका वार्डेन भट्टराई र सहायक संरक्षण अधिकृत रोकाया पक्राउ

अमृता अनमोल

बुटवल — स्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका वार्डेन प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकाया रुपन्देहीबाट पक्राउ परेका छन् ।

स्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका वार्डेन भट्टराई र सहायक संरक्षण अधिकृत रोकाया पक्राउ

विशेष सुराकीका आधारमा अख्तियारको बुटवलस्थित कार्यालयको टोलीले सोमबार ३ लाख ४८ हजार नगदसहित विभिन्‍न बैंकका ५ लाख ५० हजारको भौचरसहित उनीहरुलाई पक्राउ गरेको हो । अख्तियारको टोलीले निकुञ्जको बा.२ झ १८७३ को गाडी समेत नियन्त्रणमा लिएको छ ।

सोमबार दिउँसो सैनामैना नगरपालिका-१० बाट उनीहरुलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयका सूचना अधिकृत सरेश भुसालले बताए ।

प्रकाशित : श्रावण १९, २०७७ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?