कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलम्ची पहिरो : बेपत्ता ८ जनाकै शव भेटियो [अपडेट]

अनिश तिवारी

काठमाडौँ — मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका आठै जनाको शव भेटिएको छ । सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मेलम्ची पहिरो : बेपत्ता ८ जनाकै शव भेटियो [अपडेट]

मृत्यु हुनेहरुमा कभर्ड हल निर्माणमा खटिएका मजदुर रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेहरुमा एक जना भारतीय नागरिक, दुई जना पर्सा र ५ जना सिमराका भएको डीएसपी काफ्लेले जानकारी दिए ।

मृत्यु हुनेहरुमा ४२ वर्षीय भारतीय नागरिक राजेन्द्र चौरसिया, पर्साको वीरगन्जका ३५ वर्षीय प्रदीप चौरसिया र २१ वर्षीय राजेश चौधरी, बाराको सिमराका २५ वर्षीय विक्रम थिङ, मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिवबालक धामी र १७ वर्षीय सोनाम लामा रहेका छन् ।

पहिरोले कभर्ड हलको आधा भाग र मजदुर बस्ने टहरो पूरै पुरेको पनि डीएसपी काफ्लेले जानकारी दिए । पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल लगिएको छ ।

प्रकाशित : श्रावण १९, २०७७ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?