कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाम्रो अभियान महाधिवेशनसम्मै जान्छ : पौडेल

'सभापतिमा हाम्रो एकैजना उम्मेदवार हुन्छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान मिच्दै गएकाले त्यसको प्रतिरोध गर्नु परेको बताएका छन् । सभापति देउवलाई असहमति पत्र बुझाएर पार्टी कार्यालयमै आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो प्रतिरोध अभियान १४ औं महाधिवेशनसम्म जारी रहने पनि बताए । बिहीबार बिहान पौडेल र महामन्त्री शशांक कोइरालाले हस्ताक्षर गरेको असहमतिपत्र बुझाइएको थियो । 

हाम्रो अभियान महाधिवेशनसम्मै जान्छ : पौडेल

फागुनमा हुनेगरी महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि सभापति देउवाले विधान विपरित पार्टीका विभागहरुमा मनोनयन गरेको भन्दै पौडेल पक्षले असनतुष्टि जाहेर गर्दै आएको थियो । बुधबार बैठक गरेर नै सभापतिसँग समय मागी बिहीबार लिखि पत्र बुझाइएको हो । पाँच बुँदे पत्रमा विधान विपरित विभागहरु गठन र मनोनयन गरिएको, कृयाशील सदस्यता वितरणमा प्रक्रिया पुगेकालाई पनि नदिने र अर्को पार्टीबाट आएकालाई यति हजार भन्दै हचुवाका भरमा कृयाशील सदस्यता बाँड्न खोजिएको, स्थानीय तह समायोजन, भातृ तथा शुभेच्छुक संस्थालाई निष्कृय बनाइएको र विदेश स्थित जनसम्पर्क समितिको विषय उठाइएको छ ।

पत्रकार सम्मेलनमा नेता पौडेलले पार्टीमा आन्तरिक लोकतन्त्रको उल्लंघन गरिएको र सभापतिले नै महाधिवेश प्रभावित पार्नेगरी कदम चलेकाले आफूहरुले विरोध जनाएको बताएका थिए । पत्रकारहरुले सोधेको प्रश्नमा उनले आफूहरुले सहमतिमा सभापतिको उम्मेदवार टुंग्याउने र आफूहरुको एकजनामात्रै उम्मेदवार हुने बताएका थिए । पत्रकार सम्मेलनमा महामन्त्री शशांक कोइराला, पूर्वउपसभापति प्रकाशमान सिंहलगायतका नेताहरु उपस्थित थिए ।

प्रकाशित : श्रावण १५, २०७७ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?