कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निकटस्थ नेताहरुको गौतमलाई सुझाव– '६ बुँदे प्रस्तावमा पुनर्विचार गर्नुस्'

कान्तिपुर संवाददाता

काठमाडौँ — पार्टी एकता कायम राख्नका लागि ६ बुँदे प्रस्ताव अघि सारेका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रस्तावमा पुनर्विचार गर्न उनी निकट नेताहरुले सुझाव दिएका छन् । पार्टीको समस्या समाधानमा ती प्रस्तावहरु व्यवहारिक नहुने नेताहरुको सुझाव छ । 

निकटस्थ नेताहरुको गौतमलाई सुझाव– '६ बुँदे प्रस्तावमा पुनर्विचार गर्नुस्'

केन्द्रीय सदस्यहरु ठाकुर गैरे, रामकुमारी झाँक्री, रबिन कोइराला, सुरेन्द्र मानन्धर, जीवनराम श्रेष्ठलगायतका नेताले बुधबार निवासमै पुगेर गौतमसँग भेट गरेका थिए । भेटमा सहभागी एक नेताका अनुसार उनीहरुले गौतमलाई प्रस्तावमा पुनर्विचार गर्न सुझाव दिएका थिए ।

तर, गौतमले पार्टी विभाजन रोक्नैपर्ने अवस्था देखिएकाले ६ बुँदे प्रस्ताव अघि सारेको र त्यसमा पुनर्विचार नगर्ने बताएको ती नेताले जानकारी दिए । स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेका गौतमले मंगलबार सार्वजनिक गरेको ६ बुँदे प्रस्तावमा ओलीले कुनै पद छाड्न नपर्ने प्रस्ताव राखेका छन् ।

गौतमको यस्तो प्रस्ताव आएलगत्तै मंगलबार साँझ नै प्रधानमन्त्री ओली भैंसेपाटी पुगेर गौतमलाई भेटेका थिए । गौतमको ६ बुँदे प्रस्तावले नेकपाको आन्तरिक समीकरणमा फेरबदल आउने देखिएको छ ।

प्रकाशित : श्रावण १४, २०७७ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?