कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्जमा बुधबारमात्रै दुई कोरोना संक्रमितको मृत्यु [अपडेट]

भूषण यादव

वीरगन्ज — वीरगन्जको छुट्टाछुट्टै अस्पतालमा बुधबार दुई कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारार्थ ७० वर्षीय र नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारार्थ ६८ वर्षीय वृद्धको मृत्यु भएको हो । 

वीरगन्जमा बुधबारमात्रै दुई कोरोना संक्रमितको मृत्यु [अपडेट]

मेडिकल कलेजमा बिहान करिब ३ बजेको समयमा मृत्यु भएका ७० वर्षीय वृद्धको साँझ नारायणी अस्पतलाको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जनाए । चिकित्सकका अनुसार वीरगन्ज महानगरपालिका–६ माइस्थान निवासी ती वृद्ध मिर्गौला र दमका बिरामी थिए । उनको छातीमा पानीसमेत जमेको थियो ।

यसैगरी नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत वीरगन्जका एक ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार वीरगन्ज महानगरपालिका–७ रेशमकोठी निवासी ६८ वर्षीय वृद्धको बुधबार बिहान १० बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

उनका अनुसार वीरगन्जकै एड्भान्स मेडिकेयर हस्पिटलमा उपचारको क्रममा पुरानो मुटु रोगी ती वृद्धमा स्वासप्रश्‍वासमा समस्या देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना देखिएको थियो ।

कोरोना पोजिटिभ देखिएपछि साउन ८ मा एड्भान्स मेडिकेयरबाट कोरोना अस्पताल रेफर गरिएको डा. सिंहले बताए । ‘६ दिनदेखि कोरोना अस्पतालमा उपचार गराइरहेका ६८ वर्षीय वृद्ध पुराना मुटुरोगी पनि थिए,’ डा. सिंहले भने, ‘बुधबार १० बजेर ४० मिनेटमा उनको मृत्यु भएको छ ।’

८ दिनयता वीरगन्जमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

............

नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत वीरगन्जका एक ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार वीरगन्ज महानगरपालिका–७ रेशमकोठी निवासी ६८ वर्षीय वृद्धको बुधबार बिहान १० बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

उनका अनुसार वीरगन्जकै एड्भान्स मेडिकेयर हस्पिटलमा उपचारको क्रममा पुरानो मुटु रोगी ती वृद्धमा स्वासप्रश्‍वासमा समस्या देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना देखिएको थियो ।

कोरोना पोजिटिभ देखिएपछि साउन ८ मा एड्भान्स मेडिकेयरबाट कोरोना अस्पताल रेफर गरिएको डा. सिंहले बताए । ‘६ दिनदेखि कोरोना अस्पतालमा उपचार गराइरहेका ६८ वर्षीय वृद्ध पुराना मुटुरोगी पनि थिए,’ डा. सिंहले भने, ‘बुधबार १० बजेर ४० मिनेटमा उनको मृत्यु भएको छ ।’

८ दिनयता वीरगन्जमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : श्रावण १४, २०७७ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?