कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री ओली र नेकपा उपाध्यक्ष गौतमबीच भेट

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच मंगलबार साँझ भेटवार्ता भएको छ । पार्टीभित्रको विवाद चर्किएका बेला ओली र गौतमबीच भेट भएको हो । तर गौतमको सचिवालयले दुई नेताबीचको भेट राजनीतिक उद्देश्यले नभएको दाबी गरेको छ ।

प्रधानमन्त्री ओली र नेकपा उपाध्यक्ष गौतमबीच भेट

'प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आज उपाध्यक्ष वामदेव गौतमको भैँसेपाटीस्थित निवासमा विल्कुल पारिवारिक भेटघाटका क्रममा पुग्नुभएको हो । उक्त भेटमा दुबै तर्फबाट जम्मा ३० जनाको उपस्थिति थियोे' उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्‍वमणि सुवेदीले भने, 'यसबाहेक उक्त भेटघाटको कुनै राजनीतिक अर्थ र अभिप्राय थिएन । केही समसामयिक विषयमा अनौपचारिक कुरा भए पनि भेटको उद्देश राजनीतिक होइन ।'

ओली मंगलबार साँझ ७ बजे महासचिव विष्णु पौडेलसहित गौतम निवास पुगेका थिए ।

..............................

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन् । मंगलबार साँझ ७ बजे महासचिव विष्णु पौडेलसहित प्रधानमन्त्री ओली गौतम निवास पुगेको गौतमका सहयोगीले बताए ।

गौतमले मंगलबारमात्रै विवाद समाधानका लागि भन्दै ६ बुँदै प्रस्ताव दुई अध्यक्षलाई बुझाएका थिए । गौतमले पार्टीमा विग्रह आउन नदिन ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस अवधिभर प्रधानमन्त्री बनाउनेसहित को ६ बुँदे प्रस्ताव बुझाएका थिए ।

पार्टी एकता बचाउन आफूले प्रस्ताव ल्याएको गौतमको दावी छ । गौतमले ६ बुँदे प्रस्ताव ल्याए पनि मंगलबार अध्यक्ष दाहालको अध्यक्षतामा बसेको बहुमत स्थायी कमिटी बैठकमा सहभागि भएर ओलीको आलोचना गरेका थिए । त्यसलगत्तै गौतमलाई फकाउन प्रधानमन्त्री उनको निवास पुगेको स्रोतले बतायो । ओलीको साथमा पत्नी राधिका शाक्य पनि गौतम निवास पुगेकी छन् ।

प्रकाशित : श्रावण १३, २०७७ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?