कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

कोभिड–१९ लाई परास्त गर्न छिमेकी पहिलो प्राथमिकतामा : चीन

कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि नेपाल, चीन, अफगानिस्तान र पाकिस्तानका परराष्ट्र मन्त्रीहरुबीच भिडियो कन्फरेन्स
जगदीश्वर पाण्डे

काठमाडौँ — चीनले कोभिड–१९ संक्रमणलाई परास्त गर्न सबैभन्दा पहिले छिमेकी मुलुकहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कोभिड–१९ लाई परास्त गर्न छिमेकी पहिलो प्राथमिकतामा : चीन

नेपाल, अफगानस्तान र पाकिस्तानका परराष्ट्र मन्त्रीसहितको भिडियो कन्फरेन्समा सोमबार चीनका विदेशमन्त्री वाङ यीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चीन सरकारले आफ्ना छिमेकीहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

परराष्ट्रका एक प्रतिनिधिका अनुसार उक्त छलफलमा वाङले चीनले भविष्यमा कोरोना भाइरसको भ्याक्सिन ल्याए छिमेकी मुलुकहरुलाई प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि जानकारी दिए ।

वाङले नेपाल, पाकिस्तान र अफगानिस्तानलाई आवश्यक परे स्वास्थ्य सामग्रीको सहयोग गर्ने पनि बताए । नेपालमा ७० प्रतिशतभन्दा बढी व्यक्तिहरु कोरोना भाइरसको संक्रमणबाट निको हुनुलाई राम्रो उपलब्धि भएको वाङले बताएका थिए । वाङले कोरोना भाइरसको नियन्त्रणमा नेपाल सरकारले खेलेको भूमिकाको प्रशंसा पनि गरे ।

कन्फरेन्समा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन सरकारले गर्दै आइरहेको सहयोगलाई लिएर धन्यवाद दिए । ज्ञवालीले चीनले कोरोना भाइरसमाथि गरेको जितलाई प्रशंसा गरे । ज्ञवालीले चीन नेपालको एक घनिष्ठ छिमेकी रहेको उल्लेख गर्दै भविष्यमा पनि आवश्यक पर्दा सहयोग गर्नेमा पूर्ण रुपमा आशावादी गरेको धारणा व्यक्त गरेका थिए ।

ज्ञवालीले सम्पूर्ण मुलुकहरू मिलेर एक जुटभएर कोरोना भाइरसलाई पराजित गर्नुपर्ने बताएका थिए । अफगानिस्तानको तर्फबाट कार्यवहाक परराष्ट्रमन्त्री मोहम्मद हनिफ अट्मार र पाकिस्तानकोतर्फबाट मखदुम शाह महमुद कुरेसीले सहभागिता जनाएका थिए ।

प्रकाशित : श्रावण १२, २०७७ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?