कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'इनफ इज इनफ' अभियन्ताले दिए अर्थमन्त्री र सचिवविरुद्ध अख्तियारमा उजुरी

कान्तिपुर संवाददाता

काठमाडौँ — 'इनफ इज इनफ' अभियानका ५० जना अभियन्ताले अर्थमन्त्री युवराज खतिवडा र सचिव शिशिरकुमार ढुंगानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी दर्ता गरेका छन् । कोभिड - १९ को महामारीबाट नागरिकहरूलाई जोगाउन ठूलो बजेट खर्च गरेको तर त्यसको अनुगमन नभएको र यसले भ्रष्टाचारलाई प्रोत्साहन दिएको भन्दै उनीहरुले अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन् ।

'इनफ इज इनफ' अभियन्ताले दिए अर्थमन्त्री र सचिवविरुद्ध अख्तियारमा उजुरी

साथै उनीहरूले अर्थ मन्त्रालयमा कोभिड-१९ महामारी व्यवस्थापन, नियन्त्रण तथा रोकथामको लागि संघीय सरकारका अन्य मन्त्रालय तथा त्यस माताहतका निकायहरू तथा प्रदेश तथा स्थानीय तहका सरकारहरूलाई विभिन्न शीर्षकमा भएको खर्चको विवरण माग गर्दै सूचनाको हकको निवेदन दर्ता पनि गराएको बताएका छन् । पुकार बमलगायतका अभियन्ताले निवेदन दिएका हुन् ।

सरकारले १२ बुँदे सम्झौता गरेर पनि माग पूरा नगरेको भन्दै अभियन्ता ई: सहित समाइरा श्रेष्ठ र करण गुरुङ वसन्तपुर दरबार क्षेत्रमा सत्याग्रमा बसिरहेका छन् । उनीहरु ९ दिनदेखि अनसनमा छन् ।

प्रकाशित : श्रावण ११, २०७७ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?