१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

प्रधानमन्त्रीलाई भेटेर देउवाले भने : कोरोना नियन्त्रणका लागि विशेष रणनीति बनाउनुस्

काठमाडौँ — सभापति शेरबहादुर देउवाले बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । भेटमा उनले कोरोना र बाढी पहिरोका सम्बन्धमा नेपाली कांग्रेसका तर्फबाट विशेष ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्रीलाई भेटेर देउवाले भने : कोरोना नियन्त्रणका लागि विशेष रणनीति बनाउनुस्

कोरोना संक्रमितको संख्या २० हजार पुग्न लागेको र ४२ जनाको मृत्यु भएको अवस्थामा लकडाउन खुलेपछिका चुनौती सामना गर्न नयाँ र विशेष रणनीति बनाउनका लागि देउवाले नेपाली कांग्रेसका तर्फबाट माग गरे l

उनले पीसीआर प्रविधिबाट परीक्षण मात्रै गर्न आग्रह गर्दै क्वारेन्टाइन अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गरे l उनले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तीव्रता दिन पनि आग्रह गरे l

बाढी–पहिरो पीडितको सरकारले उद्धार, राहत र पुनर्स्थापनाका लागि युद्धस्तरमा काम गर्न र कोरोनाबाट उब्जिएका समस्याहरुलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए ।

प्रकाशित : श्रावण ८, २०७७ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?