कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घन्टामा १०० संक्रमित थपिए, २०७ जना डिस्चार्ज

काठमाडौँ — नेपालमा १०० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

२४ घन्टामा १०० संक्रमित थपिए, २०७ जना डिस्चार्ज

मन्त्रालयको बुधबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या १८ हजार ९४ पुगेको जनाए । प्रवक्ता गौतमका अनुसार हालसम्म सक्रीय संक्रमितको संख्या ५ हजार ३६८ रहेको छ ।

सोही अवधिमा २०७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । यो समेत कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ६८४ पुगेको छ । ७०. १ प्रतिशत निको भएका छन् ।

गत २४ घन्टामा ३ हजार ७७९ परीक्षण भएका छन् । क्वारेन्टाइनमा २० हजार ८४२ जना रहेका छन् ।

नयाँ संक्रमितको जिल्लागत विवरण

  • सप्तरी १८
  • दैलेख १६
  • सुनसरी ४
  • मोरङ ३
  • झापा १
  • ताप्लेजुङ ३
  • धनुषा ५
  • बारा ३
  • पर्सा ६
  • काठमाडौं ३
  • सर्लाही २
  • चितवन १
  • सर्लाही १
  • लमजुङ ७
  • स्याङ्जा ३
  • बागलुङ ३
  • बाँके ३
  • बर्दिया २
  • सल्यान २
  • कालीकोट ६
  • बझाङ १
  • डोटी ७

प्रकाशित : श्रावण ७, २०७७ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?