कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केरुङ च्छो हिमताल फुट्ने चेतावनी, भोटेकोसीमा पानीको बहाब बढ्न सक्‍ने

काठमाडौँ — चीनको खासा क्षेत्रमा अवस्थित केरुङ च्छो हिमताल फुट्न सक्‍ने चेतावनी दिइएको छ । अविरल वर्षासँगै उक्त हिमताल भरिएको र फुटे भोटेकोसी क्षेत्रमा पानीको बहाव बढ्ने भन्दै सचेत हुन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अनुरोध गरेको छ । 

चिनियाँ पक्षले हिमताल भरिएको र फुट्ने सक्‍ने चेतावनी दिएपछि भोटेकोसीमा जुनसुकै बेला पानीको बहाव अत्याधिक रुपमा बढ्न जाने भन्दै सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आग्रह गरेका छन् ।

न्यालम क्षेत्रमा अत्याधिक रुपमा वर्षा भएपछि उक्त ताल भरिएको चिनियाँ पक्षले जानकारी गराएको थियो । ताल फुटे भोटेकोसी किनारमा रहेको भोटेकोसी गाँउपालिका, बाह्रबिसे नगरपालिका लगायतका स्थानीय तहका बस्तीहरु बगाउन सक्‍ने र ठूलो क्षति पुर्‍याउन सक्‍ने सम्भावना देखिएको जिप्रका सिन्धुपाल्चोकले जनाएको छ । प्रजिअ ढकालले सम्भावित बाढीबाट बच्नका आवश्यक पूर्वी तयारी अपाउन पनि भनेका छन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोसी किनारका बस्तीका सर्वसाधारणहरुलाई तत्काल उक्त क्षेत्र छाडेर सुरक्षित स्थानमा जाने व्यवस्था मिलाउन जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई अनुरोध गरेको छ ।

प्रकाशित : श्रावण ५, २०७७ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?