कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा २० प्रतिशत सार्वजनिक सवारी सञ्‍चालनमा : ट्राफिक प्रहरी 

विमल खतिवडा

काठमाडौँ — उपत्यकामा सार्वजनिक सवारी सञ्चालनमा आउने क्रम बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार आइतबार कुल सार्वजनिक सवारी साधनको करिब २० प्रतिशत सवारी सञ्चालनमा आएका छन् । अघिपछि करिब १ लाख सार्वजनिक सवारी साधन काठमाडौं उपत्यकामा गुड्ने गर्थे ।

उपत्यकामा २० प्रतिशत सार्वजनिक सवारी सञ्‍चालनमा : ट्राफिक प्रहरी 

'यात्रु विस्तारै बढ्दै गएका छन्', उनले भने, 'सामाजिक दूरी उल्लघंन गर्ने १ हजार २ सय गाडीलाई सम्झाइबुझाई गरेर पठाएका छौं, सम्झाउँदा पनि नमान्ने ८ वटा गाडीलाई कारबाही प्रक्रिया अघि बढाएका छौं ।'

उनका अनुसार ठूला, मिनी बस, ट्याम्पो, माइक्रो, ट्याक्सी सञ्‍चालनमा आएका छन् । थप गाडी चलाउनेबारे यातायात व्यवसायी सकारात्मक देखिएको उनले बताए ।

'हामीले सामाजिक दूरी कायम भएको छ छैन, सिट संख्याको आधा यात्रु राखिएको छ/छैन, स्वास्थ्य सावधानी अपनाएको छ/छैन सबै हेरेरमात्र गाडी चल्न दिइएको छ,' उनले भने ।

सार्वजनिक यातायात केन्द्रीय महासंघले सोमबारदेखि नै गाडी चलाउनेबारे यातायात व्यवस्था विभागसँग आइतबार सहमति गरेको छ । विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग भने सोमबार छलफल हुने कार्यक्रम छ ।

सरकारले कोरोना संक्रमण दर घट्दै गएको भन्दै असार २३ को मन्त्रिपरिषद् बैठकको निर्णयले काठमाडौं उपत्यकाका तीन जिल्लाभित्र र उपत्यका बाहिर जिल्लाभित्र मात्रै सार्वजनिक यातायातका साधन चल्न दिने निर्णय गरेको थियो । त्यसपछि उपत्यकामा साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पोहरु गुड्न थालिसकेका छन् ।

प्रकाशित : श्रावण ४, २०७७ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?