कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

सचिवालय बैठकलगत्तै ओली र दाहाल शीतल निवासमा

काठमाडौँ — नेकपा सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति भवन शितल निवास पुगेका छन् ।

सचिवालय बैठकलगत्तै ओली र दाहाल शीतल निवासमा

शनिबार बालुवाटारमा करिब ४ घन्टा बसेको सचिवालय बैठक सकिएलगत्तै ओली र दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

दुई अध्यक्ष राष्ट्रपतिकहाँ गएको दाहालका सहयोगी जोखबहादुर महराले जानकारी दिए ।

पार्टी विवाद सुल्झाउने महत्वपूर्ण निर्णय हुँदा ओली र दाहाल एकैसाथ राष्ट्रपतिकहाँ जाने गरेको विगत छ ।

प्रकाशित : श्रावण ३, २०७७ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?