कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड–१९ नियन्त्रण गर्न सरकारलाई राम्रो सफलता : मन्त्री ज्ञवाली

वीरेन्द्र केसी

अर्घाखाँची — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिड–१९ लाई नियन्त्रण गर्न सरकारलाई राम्रो सफलता मिलेको दाबी गरेका छन् । 

कोभिड–१९ नियन्त्रण गर्न सरकारलाई राम्रो सफलता : मन्त्री ज्ञवाली

गुल्मीको रेसुंगा नगरपालिकालाई शनिबार तम्घासमा पीसीआर मेसिन हस्तान्तरण गर्दै मन्त्री ज्ञवालीले सरकारले संक्रमितको संख्या बढीमा २०/२२ हजारभन्दा बढ्न नदिने गरी तयारी गरेको बताए । उनले भने, 'कोभिड–१९ लाई नियन्त्रण गर्न राम्रो सफलता मिलेको छ, अब परीक्षणको दायरा फराकिलो पार्ने र संक्रमतिलाई निको पारेर घर पठाउने तथा नयाँ संक्रमतिको संख्यालाई शून्यमा झार्ने गरी सरकारले काम गरेको छ ।'

लकडाउनपछि ३ लाख नेपाली भारतबाट स्वदेश आएको र ७ प्रतिशतलाई मात्रै संक्रमण देखा परेको उनले बताए । सरकारले जारी गरेको लकडाउन, सतर्कताले मृत्युदर ० दशमलव २ प्रतिशतमात्रै रहेको उनले बताए ।

देशभर ३ लाख नेपालीलाई क्वारेन्टाइनमा राखेर कोरोनालाई समुदायमा फैलिनबाट नियन्त्रणमा राखेको उनको दाबी छ । पीसीआर परीक्षण दक्षिण एसियामै नेपालले उत्कृष्ट गरेकाले संक्रमतिको संख्या नबढेको र मृत्युदर संख्या कमी भएको उनको भनाइ थियो ।

सरकारले जारी गरेको नियम सबै नेपालीले अनुशासनपूर्वक पूर्ण रुपमा पालना गरेकोले कोरोनाविरुद्धको लडाइँबाट सफलता प्राप्त भएको मन्त्री ज्ञवालीले बताए । कोरोना नियन्त्रण भइनसकेकाले मास्क लगाएर हिँड्न, साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्न उनले आग्रह गरे ।

प्रकाशित : श्रावण ३, २०७७ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?