कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शाही र कार्की एआईजीमा बढुवा सिफारिस

काठमाडौँ — सरकारले रिक्त दुई एआईजी पदमा डीआईजीद्वय निरजबहादुर शाही र प्रद्युम्‍न कार्कीलाई सिफारिस गरेको छ । 

शाही र कार्की एआईजीमा बढुवा सिफारिस

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बढुवा समितिले शाही र कार्कीलाई एआईजीमा सिफारिस गरेको हो। शाही प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालय र कार्की प्रहरी प्रधान कार्यालयकै विशेष व्यूरोमा कार्यरत छन् ।

बढुवा सिफारिस भएका शाहीले ७१.४९६१ र कार्कीले ६८.७२६७ अंक पाएका छन् । दुवैजना असार २५ गते महानिरीक्षकमा बढुवा भएका शैलेश थापा क्षत्रीका ब्याजी हुन् । दुवैजना २०४९ वैशाख १९ गते निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

२०५८ फागुन १० मा डिएसपी, ०६७ मा पुस २० मा एसपी, ०७४ साउन १९ मा एसएसपी र ०७५ असोज २८ गते डीआईजीमा बढुवा भएका थिए । महानिरीक्षकमा शैलेश थापाको बढुवा भएपछि १ र अर्का एआईजी तारिणीप्रसाद लम्सालले अनिवार्य अवकाश पाएपछि अर्को एआईजी पद रिक्त थियो ।

प्रकाशित : असार ३१, २०७७ २२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?