कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

राजस्व छलेको आरोपमा दुई फर्मविरुद्ध मुद्दा दायर, झण्डै ४ अर्ब बिगो मागदाबी

कृष्ण ज्ञवाली

काठमाडौँ — राजस्व अनुसन्धान विभागले राजस्व छलेको आरोपमा दुई फर्म र तिनका सञ्‍चालकविरुद्ध झण्डै ४ अर्ब रुपैयाँ विगो मागदाबी गरेर मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा दर्ता गरेको मुद्दामा बिगोको दोब्बर जरिवाना र संलग्नहरुमाथि कैद सजायको मागदाबी समेत छ । 

राजस्व छलेको आरोपमा दुई फर्मविरुद्ध मुद्दा दायर, झण्डै ४ अर्ब बिगो मागदाबी

विभागले सोह्रखुट्टेको हाइटेक ईन्टरनेशनल प्रा.लि.का सञ्चालकसहित दुई जनामाथि २ अर्ब ४२ करोड रुपैयाँ बिगो मागदाबी गरेको हो । उक्त कम्पनीले भन्सार विन्दुबाट मालसामान ल्याउँदा लुकाई छिपाई ल्याएको आरोप छ । उसले त्यसरी ल्याएको सामानमध्ये थोरैको मात्रै बिल जारी गरेको भन्दै विभागले १ अर्ब ७१ करोड रुपैयाँ भन्सार चुहावट गरेको आरोप लगाएको हो । अनि ५९ करोड २८ लाख रुपैयाँ भ्याट छलेको आरोप छ । आयकर र लाभांश गरी १२ करोड १४ लाख गरेको आरोप छ ।

त्यसैगरी, ललितपुर सानेपामा रहेको जेएसएस मोबाईल सर्भिसेजसहित अरु तीन कम्पनीका सञ्‍‍चालकले १ अर्ब ३९ करोड रुपैयाँ छलेको आरोपमा विभागले अर्को मुद्दा दायर गरेको हो । ती कम्पनीहरुमाथि भन्सार छलेर मेमोरी कार्ड, पेन डाईभ लगायतका सामान ल्याएको आरोप छ । उनीहरुको कम्पनीमा छापा मार्दा वास्तविक कारोबार लुकाउन छुट्टै खातापाता राख्ने गरेको भेटिएको विभागको दाबी छ ।

विभागले १ अर्ब १ करोड भन्सार छलेको, ३२ करोड २४ लाख भ्याट छलेको अनि ४ करोड ८५ लाख रुपैयाँ आयकर र लाभांश छलेको आरोप लगाएको हो । उक्त कम्पनीका साथ राजस्व छलीको आरोपमा मुछिनेमा श्याम इम्पेक्स र श्याम बाबा इन्टरप्राइजेजका सञ्चालक छन् ।

प्रकाशित : असार ३१, २०७७ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?