कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँ पहिरो अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो, अझै एक जना बेपत्ता

सम्झना रसाइली

काठमाडौँ — तनहुँमा आएको बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । एक जना अझै बेपत्ता छन् । पहिरोमा परी आइतबारदेखि बेपत्ता रहेका व्यास नगरपालिका–११ ओडारेका ५२ वर्षीय पदमबहादुर भुजेलको शव मंगलबार दिउँसो भेटिएसँगै मृतकको संख्या बढेको हो ।

तनहुँ पहिरो अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो, अझै एक जना बेपत्ता

पहिरो डोजरले हटाएपछि मंगलबार दिउँसो ४ बजेतिर भुजेलको शव भेटिएको जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अरुण पौडेलले जानकारी दिए । यस्तै, घर माथिबाट आएको पहिरोले पुरिएका व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा भने अझै बेपत्ता छन् । उनको खोजी भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताए ।

पहिरोमा व्यास–९ माझफाँटका ७० वर्षीया मैतकुमारी घर्ती, माझफाँटका एकै परिवारका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज, २१ वर्षीया बुहारी अन्जना थापाको शव सोमबार नै भेटिएको थियो । त्यस्तै म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडाकी १७ वर्षीया लक्ष्मी बिकको उपचारका क्रममा मृत्यु भएको छ ।

रिसिङ गाउँपालिका–८ भैंसीलिकेमा पहिरोमा पुरिएर अनबहादुर थापाको परिवारका ५ जनाको मृत्यु भएको छ । घाइतेहरुको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : असार ३०, २०७७ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?