कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक महिनामा विदेशबाट १६७ वटा शव ल्याइयो

विदेशमा अलपत्र २७ हजार ५३२ नेपाली नेपाल फर्के 
सुरज कुँवर

काठमाडौँ — लकडाउनपछि सरकारले सुरु गरेको अलपत्र परेका नेपालीको उद्धार गर्ने क्रममा जेठ २८ देखि असार २८ सम्मको अवधिमा भएका चार्टर उडानबाट १ सय ६७ वटा नेपाली नागरिकको शव नेपाल ल्याइएको छ ।

एक महिनामा विदेशबाट १६७ वटा शव ल्याइयो

छाउनीस्थित कोभिड–१९ सञ्चालन व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार यो एक महिनाको अवधिमा विदेशबाट नेपाली नागरिक फर्काउने क्रममा श्रम गन्तव्यबाट १ सय ६७ वटा शव पनि नेपाल ल्याइएको हो ।

यो अवधिमा २५ वटा मुलुकबाट करिब एक दर्जन वायुसेवाले १ सय ७५ वटा चार्टर उडान भएका थिए । ती चार्टर उडानले ८ वटा मध्यपूर्वी मुलुकबाट १ सय ६७ वटा नेपाली नागरिकहरुको शव ल्याएका थिए ।

यस अवधिमा साउदी अरबियाबाट ५९, मलेसियाबाट ४१, कतारबाट ४१, यूएईबाट १०, बहराइनबाट ६, कुवेतबाट ८, माल्दिभ्सबाट १ र ओमनबाट १ गरी १ सय ६७ वटा शव ल्याइएको हो ।

सीसीएमसीका सचिव महेन्द्र प्रसाद गुरागाईंका अनुसार अझै कतिपय श्रम मुलुकबाट शव ल्याउन बाँकी नै छ । उनले कोभिड–१९ बाहेक अन्य विभिन्‍न कारणले विदेशमा मृत्यु भएका नेपाली नागरिकहरुको शव यो अवधिमा नेपाल ल्याइएको कान्तिपुरसँग बताए ।

यो अवधिमा विभिन्‍न मुलुकमा अलपत्र परेका २७ हजार ५ सय ३२ नेपाली नागरिक नेपाल फर्केका छन् । जसमा प्रदेश १ का ५ हजार ६ सय ५५, प्रदेश २ का ४४ सय ८०, वाग्मती प्रदेशका ८ हजार ३९,गण्डकीका ३५ सय १८, प्रदेश ५ का ४५ सय ४९, कर्णालीका ६ सय १६ र सुदूरपश्चिम प्रदेशका ६ सय ७५ जना स्वदेश फर्किएका हुन् ।

प्रकाशित : असार २९, २०७७ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?