कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दम्पती हत्याका आरोपी १४ वर्षपछि पक्राउ

काठमाडौँ — १४ वर्ष अगाडि सीतापाइलामा भएको दम्पती हत्याका आरोपी सर्लाही घर भएका जेके भनिने जयकिशोर साह पक्राउ परेका छन् । २०६३ साल पुस २० गते सीतापाइलामा काठ मिल सञ्चालन गर्दै आएका ४५ वर्षीय नातिकाजी सुवेदी र उनकी श्रीमतीको सानु सुवेदीको हत्या गरी फरार भएका साहलाई बाँकेस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।

दम्पती हत्याका आरोपी १४ वर्षपछि पक्राउ

हत्यामा संलग्न अर्का आरोपी बाँकेका प्रताप राना भने अझै फरारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले जनाएको छ । पक्राउ परेका साहलाई सोमबार ब्युरोले सार्वजनिक गरेको छ । हत्याका आरोपी दुवै जना त्यही काठ मिलका कामदार हुन् । मिल सञ्चालक सुवेदीसँग भनाभन भएपछि २०६३ साल पुस २० गते राति छुरा प्रहार गरी सुवेदी दम्पतीको हत्या गरेका थिए ।

सुवेदीका दुई छोरामध्ये जेठा छोरा १५ वर्षीय बिलभ सुवेदीलाई समेत हत्याको प्रयास गरिएको थियो । छुरा प्रहारबाट घाइते भएका बिलभ उपचारपछि निको भएका थिए । उनका कान्छा छोरा भने ढोका बन्द गरेर भित्र बसेका कारण बाँच्न सफल भएका थिए । दुवै आरोपी भारतमा रासन कार्डसमेत लिएर बसेका थिए ।

प्रकाशित : असार २९, २०७७ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?