कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्धनकाे मूल्य बढाइएकाेमा नेविसंघको प्रदर्शन

काठमाडौँ — सरकारले इन्धनमा मूल्यवृद्धि गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले काठमाडौंको बबरमहलमा आइतबार प्रदर्शन गरेका छन् ।

इन्धनकाे मूल्य बढाइएकाेमा नेविसंघको प्रदर्शन

बबरमहलको सडकमा झन्डा र ब्यानरसहित कालोपट्टि बाँधेर उपस्थित प्रदर्शनकारीले ‘नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ भन्दै नारा लगाएका थिए ।

उनीहरुले संकटका बेलामा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै फिर्ता गर्नुपर्ने माग गर्दै सडकमा आएको बताएका छन् । प्रदर्शनमा नेविसंघका अध्यक्ष लगायत सहभागी थिए ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँको दरले बढाएको थियो । नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय २ रुपैयाँ, डिजेल ८८ रुपैयाँ र मट्टितेल ८८ रुपैयाँ कायम भएकाे छ ।

प्रकाशित : असार २८, २०७७ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?