कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१५ मिनेटमै नगरसभा

कपिलवस्तु — कपिलवस्तु नगरपालिकाको सातौं नगरसभा १५ मिनेटमा सम्पन्‍न भएको छ । शुक्रबार दिउँसो १ बजे सुरु भएको सभा १.१५ मा सम्पन्न गरी सदस्यहरू भत्ता बुझ्न लाइन लाग्‍न पुगेका थिए । नगरसभामा सदस्य कसैले बोल्न पाएनन् ।

१५ मिनेटमै नगरसभा

प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद ज्ञवालीले संक्षेपमा आर्थिक तथा विनियोजन विधेयकका बारेमा बोलेका थिए । लेखा अधिकृत बलराम न्यौपानेले ३ मिनेटमा आगामी आर्थिक वर्षको बजेट र ५ मिनेट नगर प्रमुख किरण सिंहले बोले । अन्तिममा प्रमुख सिंहले १ हजार भत्ता र ५ सय खाजा खर्च लिएर जान भन्दै नगरसभा सम्पन्न गरेका थिए । सभाले १ अर्ब १० करोड रुपैयाँको बजेट पारित गरेको छ ।

कसैलाई बोल्न मौकै प्रदान नगरिएको गुनासो सदस्यले गरे । ‘यस्तो नगरसभा त कहिल्यै देखेको थिइनँ,’ एक वडाध्यक्षले भने, ‘पूर्वतयारी गरेर हतारहतार गरेजस्तो देखियो । यसले राम्रो सन्देश गएन ।’ नगरसभामा उपप्रमुख लक्ष्मी गुप्ता उपस्थित थिइनन् । उनले आर्थिक सहायता वितरण गर्न आफूले पनि पाउनुपर्ने माग गरेकी थिइन् ।

तर त्यस शीर्षकमा रकम विनियोजन नगरेपछि उनी असन्तुष्ट बनेकी हुन् । गत वर्षको नगरसभा पनि उनले बहिष्कार गरेकी थिइन् । ‘उपप्रमुखलाई सभाको सूचना थियो,’ नगर प्रमुख सिंहले भने, ‘नआएपछि बोकेर ल्याउने कुरा भएन ।’ सभा विधि र प्रक्रिया पुर्‍याएर भएको उनले दाबी गरे ।

प्रकाशित : असार २७, २०७७ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?