कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीसीएमसी बैठकमा नगरपालिका सञ्‍जालका प्रतिनिधि आमन्त्रण गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लगिने

काठमाडौँ — कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा भारत र अन्य तेस्रो मुलुकबाट आएका व्यक्तिहरुलाई व्यवस्थापन गर्न नगरपालिका सञ्जालका प्रतिनिधिहरु सामेल गरिने प्रस्ताव मन्त्रि‍परिषदमा लैजाने निर्णय गरेको छ । उक्त कुरा काठमाडौं उपत्यकामा गरिने कामको हकमा मात्र लागू हुनेछ ।

सीसीएमसी बैठकमा नगरपालिका सञ्‍जालका प्रतिनिधि आमन्त्रण गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लगिने

सीसीएमसीको निर्देशक समितिको शुक्रबार बसेको बैठकले भारत र तेस्रो मुलुकबाट आएका व्यक्तिहरुलाई थप व्यवस्थापन गर्न नगरपालिका सञ्‍जालका अध्यक्ष (काठमाडौं महानगरपालिकाका मेयर), उपाध्यक्ष (ललितपुर महानगरपालिकाका मेयर) र सचिव (मध्यपुर ठिमी नगरपालिकाका मेयर) लाई सीसीएमसीको बैठकमा आमन्त्रण गर्ने प्रस्ताव मन्त्री परिषदमा लैजाने निर्णय गरेको हो ।

सीसीएमसी सचिवालयका सचिव महेन्द्र गुरागाईंका अनुसार प्रदेशस्तरीय र जिल्लास्तरीय सीसीएमसीको संरचनामा त्यहाँको जनस्वास्थ्य कार्यालयका प्रमुखहरुलाई पनि समावेश गर्ने गरी मन्त्रिषरिषद्‍मा प्रस्ताव लाने निर्णय भएको बताए ।

बैठकले नेपालमा लगानी गरेका लगानीकर्ता वा निजका प्रतिनिधि, नेपालमा शाखा खोली कारोबार गरिरहेका बहुराष्ट्रिय कम्पनीका कर्मचारीहरु, अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुख वा कार्यरत कर्मचारीहरुलाई नेपालमा आउनलाई स्वीकृत दिनु पर्नेमा मन्त्रिपरिषद्‍बाट निर्णय गराउन प्रस्ताव लाने निर्णय गरेको छ ।

यस्तै, असार २८ गतेसम्म विदेशबाट उद्धारका उडान भइराखेकोमा अब एक सातासम्म उडानका गर्न तालिकाहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटन मन्त्रालय र श्रम मन्त्रालय समन्वयात्मक रुपमा सार्वजनिक गर्न गर्ने निर्णय गरेको छ ।

प्रकाशित : असार २६, २०७७ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?