कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीत पत्रकारिताको नमुना : महासंघ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्युजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेको भन्दै नेपाल पत्रकार महासंघले निन्दा गरेको छ । भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार पीत पत्रकारिताको नमुना भएको महासंघले टिप्पणी गरेको छ ।

पीत पत्रकारिताको नमुना : महासंघ

महासंघका महासचिव रमेश विष्टले बिहीबार विज्ञप्ति जारी गर्दै जी न्युजले प्रेसको विश्वव्यापी मान्यताविपरीत सामग्री प्रसारण गरेको बताएका छन् । महासंघले भारतीय सञ्चारमाध्यमले प्रसारण गरेको अनर्गल र बकवासपूर्ण प्रचारप्रसार गरेको भन्दै त्यस सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र यस्ता कुप्रचार दोहोरिन नदिनका लागि कडा कदम चाल्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।


प्रकाशित : असार २५, २०७७ २२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?