कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्याग्रहको ११ औं दिन 'इनफ इज इनफ'का प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयमा वार्ता

काठमाडौँ — ‘इनफ इज इनफ’अभियानका अभियन्ता ईः र पुकार बमलगायतले सुरु गरेको सत्याग्रहको ११ औं दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा वार्ता सुरु भएको छ । अभियन्ता बमका अनुसार राजधानीको ह्याम्स अस्पतालमा उनीहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली पुगेको भोलिपल्ट पहिलो वार्ता भएको थियो ।

सत्याग्रहको ११ औं दिन 'इनफ इज इनफ'का प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयमा वार्ता

'त्यो वार्ता असफल भयो, हेरौँ आज के हुन्छ । धेरै ठाउँबाट प्रेसर आएपछि वार्ता भएजस्तो लाग्छ तर उहाँहरु हाम्रा माग सम्बोधनका लागि त्यति इच्छुक भएको हामीले पाएका छैनौं । उहाँहरुले आफूले गर्नैपर्ने कामको जिम्मेवारी लिन सकिरहनुभएको छैन,’ उनले कान्तिपुरसँग भने । अहिले सत्याग्रहीका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका अधिकारीबीच वार्ता भएको हो ।

गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल पुगी ‘ई:’ र बमलाई भेटेका थिए । उनले आफू नै भेट्न आएको बताउँदै अनशनकारीको मागप्रति सरकारको पर्याप्त ध्यानाकर्षण भएकाले अनशन तोड्न आग्रह गरेका थिए । तर सत्याग्रहीहरुले आफ्ना केही माग भएको र वार्तामा त्यसबारे सहमति भएमात्र अनशन तोड्ने बताएका थिए । प्रधानमन्त्री ओलीले उनीहरुको माग पूरा गर्ने आश्वासन दिएका थिए ।

सरकारले कोभिड १९ विरुद्धको प्रतिकार्य प्रभावकारी ढंगले चलाउन नसकेको, पीसीआर परीक्षण बढाउनु पर्नेलगायत माग राखी उनीहरु पाटन दरबार स्क्वायरमा अनशन बसेका थिए । स्वास्थ्यस्थिति बिग्रिएपछि अस्पताल पुर्‍याइएका उनीहरु अस्पतालमै अनशनमा छन् ।

प्रकाशित : असार २२, २०७७ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?