कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आत्महत्याको फेसबुक लाइभ सेयर नगरौ‌ं– स्वास्थ्य मन्त्रालय

काठमाडौँ — स्वास्थ तथा जनसंख्या मन्त्रालयले आत्महत्या गरेको फेसबुक लाइभ सेयर नगर्न अनुरोध गरेको छ । पछिल्लो एक हप्तामा दाङ र चितवनका दुई महिलाले आत्महत्या गर्दा फेसुबकमा लाइभ गरेका थिए ।

आत्महत्याको फेसबुक लाइभ सेयर नगरौ‌ं– स्वास्थ्य मन्त्रालय

यस विषयमा ध्यानाकर्षण भएको बताउँदै यस्ता घटनाको भिडियोले आत्महत्यालाई अझ बढी प्रेरित गर्ने र बालबालिकाको दिमागमा नकरात्मक असर पर्ने हुनाले यस्ता भिडियोहरु सेयर नगर्ने र देखेपनि फेसबुकलाई तत्काल रिपोर्ट गर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आत्महत्याको सोच वा योजना गम्भीर भावनात्मक संकट हो जुन जोकोहीलाई पनि यस्तो सोच आउन सक्छ र परिवारको विश्वासिलो सदस्य र साथीभाइलाई आफ्नो कुरा भन्न अनुरोध गरे ।

प्रकाशित : असार २२, २०७७ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?