कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहालसहित खनाल र नेपाल पुगे राष्ट्रपतिलाई भेट्न

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । वरिष्ठ नेता खनालका अनुसार तीन पूर्वप्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।

दाहालसहित खनाल र नेपाल पुगे राष्ट्रपतिलाई भेट्न

पछिल्लो समय नेकपाको विवादमा राष्ट्रपति पनि मुछिएकी छन् । शनिबार साँझ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीलाई भेला गरेर राष्ट्रपतिलाई महाअभियोग र आफूलाई दुवै पदबाट हटाउने षड्यन्त्र भएको बताएका थिए । त्यसै विषयममा छलफल गर्न नेताहरू शितल निवास पुगेका हुन् । प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई कित्ता क्लियर गर्न पनि निर्देशन दिएका थिए ।

प्रकाशित : असार २१, २०७७ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?