कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाले काठमाडौंका १ को मृत्यु, मृतकको संख्या ३२ पुग्यो

काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुष रहेका छन् । 

कोरोनाले काठमाडौंका १ को मृत्यु, मृतकको संख्या ३२ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको पुष्टि गरेको हो । मन्त्रालयको शुक्रबार नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा उच्च रक्तचाप र पार्किसनको समस्या रहेको थियो । उनको एक निजी अस्पतालमा आइसीयुमा उपचाररत रहँदा असार १७ गते राति मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसरी हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

प्रकाशित : असार १९, २०७७ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?