कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल दुई शक्तिशाली देशबीचको निरीह तरुल होइन : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दुई ठूला शक्तिशाली देशबीचको निरीह तरुल नभएको बताएका छन् । मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले 'नेपाल दुई ठूला शक्तिशाली देशबीच केही पनि गर्न नसक्ने निरीह तरुल हौं' भनेर बस्ने समय नभएको बताएका हुन् । 

नेपाल दुई शक्तिशाली देशबीचको निरीह तरुल होइन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले सबै राष्ट्रको सार्वभौमिकता समान हुने उल्लेख गर्दै भने, ‘राष्ट्रको सार्वभौम सानो वा ठूलो हुँदैन । हामीले सानो राष्ट्रको हिनग्रन्थी पालेर बोल्न नसक्ने, अफ्ना अधिकार प्रयोग गर्न नसक्ने, दृढताकासाथ लिन नसक्ने गल्ती गर्नु हुँदैन । दुई ठूला शक्तिशाली देशबीच केही पनि गर्न नसक्ने निरीह तरुल जस्तो भएर बस्ने समय हैन ।'

प्रधानमन्त्री ‌ओलीलले नेपाल गौरवपूर्व इतिहास र उज्यालो सम्भावना बोकेको राष्ट्र भएको बताए । 'हामी तरुल हैनौं । ठूलो सम्भावना र अत्यन्तै गौरवपूर्ण इतिहास बोकेको विगत र अहिलेको गतिशील वर्तमान, उज्यालो सम्भावना बोकेको राष्ट्र हो,’ प्रधानमन्त्री ओलीले भने, ‘जो कसैको अधिनस्थ भएर बस्न स्वीकारेन । ठूला बलिया देश त्यसरी उपनिवेश हुँदा यो देशले स्वीकारेन । त्यसकारण विगतको गौरवपूर्ण इतिहास र भोलिका सम्भावना प्रबल छन् ।’

मदन भण्डारीको विचारबाट निर्देशित भएर जनतामा खस्किएको आत्मविश्वास जगाउन लागेको भन्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा पनि त्यसरी नै अगाडि बढ्ने बताए ।

'जननेता मदन भण्डारीका विचार अगाडि राखेर समाजलाई अगाडि बढाउने काम गर्‍यौँ । राष्ट्रियताको विषयमा नै किन नहोस् । हामीले नाकाबन्दीको सामना गर्‍यौं । संविधान नबनाउभन्दा भन्दै बनायौं,' प्रधानमन्त्री ओलीले भने, 'दुई छिमेकीमध्ये एउटा छिमेकीमा निर्भर भएर, भारतवेष्ठित भएर खुम्चिएर बसेका थियौँ । हामीले देखिसकेका थियौं, हिमालबाट पनि बाटो बन्न सक्छ । र हामी दुई छिमेकीबाट यातायात र पारवहन सुविधा लिन सक्छौं ।'

अहिले एक देशमा मात्रै भर पर्नु नपरेको पनि प्रधानमन्त्री ओलीले बताए ।

सम्बन्धित समाचार

प्रकाशित : असार १४, २०७७ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?