कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

२४ घन्टामा ४८ जना डिस्चार्ज

काठमाडौँ — नेपालमा कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घन्टामा ४८ डिस्चार्ज भएका छन् ।

२४ घन्टामा ४८ जना डिस्चार्ज

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मोरङका २० जना, सुनसरीका १ जना, कोभिड १९ कमाण्ड अस्पताल बलम्बुबाट सोलुखुम्बुका १ जना, बाराका १ जना, रौटहटका १ जना, पाटन अस्पतालबाट रामेछापका १ जना, काठमाडौंका २ जना, महिला विकास कार्यालय तम्घासबाट गुल्मीका १३ जना, महेन्द्र मावि तम्घासबाट गुल्मीका ४ जना, मालिका माविबाट गुल्मीका १ जना, जलेश्वर अस्पतालबाट महोत्तरीका ३ जना डिस्चार्ज भएका हुन् । यो सँगै निको हुनेको संख्या २ हजार ६९८ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ९० हजार ३४९ नमुना परीक्षण भएका छन् । २४ घन्टामा २ हजार ४८६ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म २ लाख ६ हजार २७१ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ६ हजार ५३४ परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७१ हजार १२ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ९ हजार ३० जना रहेको छ ।

प्रकाशित : असार १२, २०७७ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?