कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

सरकारविरुद्ध चक्रपथमा प्रदर्शन

'जनतालाई सिटामोलको हाहाकार, नेताज्यूको करोडौंको कार !'

काठमाडौँ — कोरोना भाइरस परीक्षणमा पूर्ण रुपमा पीसीआर विधि लागू गर्नुपर्ने लगायत माग राखि मंगलबार चक्रपथमा प्रदर्शन गरिएको छ । 

सरकारविरुद्ध चक्रपथमा प्रदर्शन

सामाजिक अभियन्ता, युवा र सर्वसाधारणहरुले अपराह्न ४ बजेपछि प्रदर्शन गरेका हुन् । उनीहरुले आरडीटी परीक्षण बन्द गरी पीसीआरलाई सय प्रतिशत नै लागू गर्नुपर्ने र विदेशबाट फर्कनेसँग चर्को भाडा असुलेकोमा विरोध जनाएका थिए । सहभागीले 'जनतालाई सिटामोलको हाहाकार, नेताज्यूको करोडौंको कार !, असुरक्षित क्‍वारेन्टाइन कोरोनाको स्वर्ग हो, रेमिट्यान्सले उठेको करले नेताज्यू विदेशमा उपचार, वैदेशिक रोजगार पीडित युवालाई चर्को भाडादर, सरकारलाई धेरै सुरक्षा गार्ड जनतालाई क्‍वारेन्टाइनमा बलात्कार लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरु सडक किनारमा उभिएका थिए ।

सरकारले कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको र आर्थिक हिनामिना गर्नमा व्यस्त भएको भन्दै सरकारको विरोधमा विभिन्न जिल्लामा पनि प्रदर्शन हुँदै आएको छ ।




प्रकाशित : असार २, २०७७ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?