कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घन्टामा थप २७३ जनामा संक्रमण

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ५ हजार ३३५ पुगेको जनाए ।

२४ घन्टामा थप २७३ जनामा संक्रमण

संक्रमित हुनेमा झापाका ५ जना, रौटहटका ४४ जना, मोरङका ४ जना, पर्साका ६ जना, बाराका १ जना, पर्वतका ४ जना, नवलपरासी पश्चिमका १ जना, दैलेखका ३० जना, सुर्खेतका ४० जना, कपिलवस्तुका ५ जना, दाङका २ जना, बाँकेका १८ जना, रोल्पाका १७ जना, बर्दियाका ६ जना, महोत्तरीका १ जना, सर्लाहीका २ जना, गुल्मीका २ जना, कपिलवस्तुका २० जना, रुपन्देहीका ५ जना, रौटहटका ४८ जना र सर्लाहीका १० जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमण निको भएर पछिल्लो २४ घन्टामा ३६ जना डिस्चार्ज भएका छन् । नारायणी अस्पतालबाट ५ जना, साईकृष्ण आइसोलेसन सप्तरीबाट १७ जना, आइसोलेसन सेन्टर सहपूर्व दुधुवा बाँकेबाट ८ पुरुष र भरतपुर अस्पतालबाट ६ जना डिस्चार्ज भएका हुन् ।

यो सँगै निको हुनेको संख्या ९ सय १३ पुगेको छ ।

मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ९० हजार ५८२ नमुना परीक्षण भएका छन् । २४ घन्टामा २ हजार ५३० आरडीटी परीक्षण भएका छन । पीसीआर विधिबाट भने हालसम्म १ लाख २७ हजार २ सय ८८ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ५० हजार ५४९ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ४ हजार ४०४ जना रहेका छन् ।


प्रकाशित : जेष्ठ ३१, २०७७ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?