कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनामा राजनीति प्रवेश गऱ्यो : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति प्रवेश भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा कान्ति बाल अस्पतालको ई–टिकेटिङ एप सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताए ।

कोरोनामा राजनीति प्रवेश गऱ्यो : स्वास्थ्यमन्त्री ढकाल

पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनहरुलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतरा बढेको आरोप लगाए । उनले भने, ‘सुरुमा रोगबाट मात्रै आक्रान्त थियौा हामी । पछिल्लो दिनमा राजनीति पनि मिसियो । खतराहरु बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासाग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौा ।’

मन्त्री ढकालले विश्वका अन्य कुनै पनि मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचनाभन्दा पनि कोरोनाविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भए पनि नेपालमा त्यसो हुन नसकेको बताए । पछिल्लो एक दुई दिनका घटना हेर्दा नेपालमा कोरोनामा राजनीति प्रवेश भएको देखिएको मन्त्री ढकालले बताए ।

मन्त्री ढकालले ई–टिकेटिङ प्रविधि सुरु भएसागै समयको बचत हुनुका साथै आर्थिक अनियमितताको सम्भावना नुहने बताए । जनशक्ति व्यवस्थापनमा पनि यसले सहज गर्ने उल्लेख गर्दै उनले परिचयका आधारमा द्रुत सेवा प्राप्त हुन्छ भन्ने धारणा हराउादै जाने बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७७ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?